काठमाडौं, असोज ८ – मान्टेन ड्यूले विश्वमै सबैभन्दा लोकप्रिय रहेको मोबाइल खेलहरु मध्येको एक पब्जी मोबाइलसँग विश्वव्यापी साझेदारीको घोषणा गरेको छ ।
माउन्टेन ड्यूद्वारा चलाइरहेको अभियानमा इस्पोर्ट्सका पेशेवर खेलाडीहरु र प्रशंसकहरुका अन्य पुस्तामाझ पुग्दै गेमिङ्ग उद्योगमा नवीनता र उत्साह जागृत गर्नको लागि एक अर्को महत्वपूर्ण चरणको संकेत गरेको कम्पनीको दावी छ ।
पब्जी मोबाइलका अलावा माउन्टेन ड्यू इस्पोर्ट्स समुदायलाई च्याम्पियन बनाउन र खेलाडीहरुलाई अद्भूत एवं उत्साहजनक क्रियाकलापहरुसम्म अझ बढी पहुँच पु¥याउन कटिबद्ध भएको बताएको छ ।
गतिशिल कार्यक्रमको एक हिस्सास्वरुप विश्वभरका खेलाडीहरुले केही सीमित समयको लागि खेलको नयाँ नक्साभरी उपलब्ध इन–गेम माउन्टेन ड्यू प्mयूल स्टेशनमा शक्ति बढाउन सक्षम हुनेछन् । खेल खेलेको समयमा लूट उपलब्ध गराएर यी नविनतम फ्यूल स्टेशनहरुले गेमिङ्ग अनुभवलाई अझ बढी रोमाञ्चक बनाइदिन्छन् ।
नेपाललगायत तोकिएका अन्तर्राष्ट्रिय बजारहरुमा प्रशंसकहरुले विशेष चिन्ह अंकित माउन्टेन ड्यू उत्पादनहरुको खरीदमा इन–गेम पुरस्कारहरु र रिवार्डहरु खोल्न पनि सक्नेछन् । माउन्टेन ड्यू पब्जी मोबाइल प्रो लिग अमेरिका, पब्जी मोबाइल वर्ल्ड लिग र पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप २०२०को औपचारिक बेभरेज प्रायोजक पनि हो ।
पेप्सीकोका मार्केटिङ डाइरेक्टर नसीब पुरीले भने, ‘एक भव्य तरिकाबाट पब्जी मोबाइलको सैन्य शक्तिसँग जोडिन पाउँदा र इस्पोर्ट्स प्रशंसकहरुका साथ संलग्न हुन पाउँदा हामी अन्यन्त खुशी छौं । यस किसिमको विश्वव्यापी सहकार्यले गेमिङ्ग एक नयाँ अध्याय स्थापित गर्दै अद्वितीय क्रियाकलापहरुकासाथ इस्पोर्ट्स अनुरागीहरुको नयाँ पुस्तालाई सशक्त बनाउने हाम्रो प्रतिज्ञालाई गति प्रदान गर्छ ।’
पब्जी मोबाइल ग्लोबल इस्पोर्ट्सका डाइरेक्टर जेम्स याङले भने, ‘पब्जी मोबाइल र यसको इस्पोर्ट्सले विश्वभर असाध्यै धेरै प्रशंसकहरुका साथ रेकर्डहरु तोडिरहेका छन् । माउन्टेन ड्यूसँगै मिलेर हामी जितको लागि खेलाडीहरुले कसरी इन्धन भर्छन् त्यो हेर्नलाई आतुर छौं ।’
त्यसैगरी, नोडवीन गेमिङ्गका अक्षत राठीले माउन्टेन ड्यू र पब्जी मोबाइल नोडवीन गेमिङ्गको सर्वाधिक ठूलो साझेदारहरुको स्क्वाड निर्माणमा सहयोग गर्ने भएको बताए । उनले पब्जी मोबाइलको बृहत्तर पहुँचका साथ माउन्टेन ड्यूद्वारा विश्वव्यापी गेमिङ्ग र इस्पोर्ट्स समुदायमा प्रदर्शित विश्वासले गेमिङ्गका लागि वास्तविक शक्तिको मापन प्रदर्शन गर्न अनुमति दिएको बताए ।
FACEBOOK COMMENTS