काठमाण्डौं– माछापुच्छ्रे बैंकका नव निर्वाचित अध्यक्ष डा.वीरेन्द्र प्रसाद महतोले पद तथा गोपनीयताको सपथ लिएका छन् ।
बैंकको यही पौष २० गते बसेको २०औं साधारण सभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित डा. महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जिवी नेपाल समक्ष पद तथा गोपनीयताको सपथ ग्रहण गरे ।
बैंकको उक्त साधारण सभाबाट रोशन के.सी. र गोपीकृष्ण न्यौपाने पनि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएका थिए ।
FACEBOOK COMMENTS