काठमाण्डौं — माछापुच्छ्रे बैंकले मृतक सुदिप कार्कीको परिवारलाई ५ लाख रुपैयाँ बीमा भुक्तानी गरेको छ ।
मृतक सुदिप कार्कीको बैंकमा तलब व्यवस्थापन बचत खाता रहि आएकोमा दुर्घटना बीमा सुविधा अन्तर्गत बैंकले निजको हकवालालाई सो रकम भुक्तनी गरेको हो ।
उक्त रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृतसन्तोष कोइराला र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठले संयुक्त रुपमा हस्तान्तरण गरे ।
मृतक सुदिप कार्कीको एक दुर्घटनामा मृत्यु भएको थियो ।
FACEBOOK COMMENTS