काठमाडौं, कात्तिक २ – माछापुच्छ्रे बैंकले यही कात्तिक ६ गते डाकेको वार्षिक साधारणसभा स्थगित गरेको छ। बैंकले पोखरामा २२ औ वार्षिक साधारणसभा डाकेको थियो। तर कोरोना संक्रमण बढिरहेको भन्दै अहिलेका लागि नगर्ने भएको हो। साथै नजिकिँदो दसैंका कारण शेयरधनीहरु साधारणसभामा उपस्थित हुन नसक्ने भएकाले पनि रोकिएको बैंकले जनाएको छ।
बैंकले गत वर्षको नाफाबाट ३.३७ प्रतिशत नगद लाभांस र ७.०३ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरिसकेको छ। कर प्रयोजनसहित २८ करोड ५० लाख रुपैयाँ नगद लाभांस दिनेछ। त्यस्तै ५९ करोड ४६ लाख रुपैयाँ बोनस शेयर प्रदान गर्नेछ। असोज २१ गतेसम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्नेछन्।
FACEBOOK COMMENTS