काठमाण्डौँ — माछापुच्छ्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोध लाल श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालयलगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा सानिमा जनरल इन्स्योरेन्सको बीमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS