काठमाण्डौँ– मकवानपुरमा माण्डु हाइड्रोको निर्माण कार्य सकिएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिकाको सानुटारस्थित १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो निर्माणका केही काम अझै बाँकी रहे पनि भीमफेदीकै इपापन्चकन्यामा २२ मेगावाट विद्युत् क्षमतको माण्डु हाइड्रोको निर्माण सकिएको हो ।
शनिबारदेखि बाँधमा पानी जम्मा गर्न सुरु गरिएको बताउँदै आयोजनाका इन्चार्ज मनोज सिंहले एक साताभित्र परीक्षण उत्पादन सुरु हुने बताए ।
उक्त आयोजना निर्माणसँगै वागमतीको फोहर पानीको पनि सदुपयोग हुने भएको छ ।
माण्डु हाइड्रोपावर लिमिटेड पवद्र्धक रहेको उक्त आयोजनाबाट ६६ केभी प्रशारण लाईन चार्जको लागि विद्युत् उत्पादनको काम सुरु हुने आयोजनाका इन्चार्ज सिंहले बताए ।
– अन्नपुर्ण
FACEBOOK COMMENTS