काठमाडौं– माथिल्लो तामाकोसीले निष्कासन गरेको प्राथमिक शेयरमा अहिलेसम्मकै सबैभन्दा धेरै आवेदन पर्ने देखिएको छ।
पछिल्लो तथ्याङ्कअनुसार तीन लाख २२ हजार ५ सय ५० आवेदकबाट ६ अर्ब २२ करोड ११ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ।
बैंक तथा बित्तीय संस्थाले धेरै वटा आवेदन इन्ट्री गर्न बाँकी रहेको हुँदा तामाकोसीको शेयरमा अहिलेसम्मकै सबै भन्दा धेरै आवेदन पर्ने देखिएको हो।
माथिल्लो तामाकोसीको शेयरमा कर्मचारी सञ्चयकोष, ऋणदाता संस्थाका कर्मचारी, प्रभावित क्षेत्रका स्थानीय बासिन्दालार्इ हिसाब गर्ने हो भने ५ लाख भन्दा धेरै आवदेक देखिएका छन्।
अझ सर्वसाधारण आवेदकलार्इ हिसाब गर्ने हो भने ८ लाख नाघ्ने देखिएको छ। यस भन्दा अगाडि जलविद्युत लगानी तथा विकास कम्पनीको शेयरमा सबै भन्दा धेरै तीन लाख ४० हजार आवेदन परेको थियो।
कम्पनीले सर्वसाधारणका लागि एक अर्ब ५८ करोड रुपैयाँको आइपिओ निष्कासन गरेको थियो।
जसमा सामूहिक लगानीकर्तालार्इ ५ प्रतिशत शेयर कटाएर सर्वसाधारणले एक अर्ब ५ करोड रुपैयाँको शेयर प्राप्त गर्ने छन्।
FACEBOOK COMMENTS