काठमाण्डौँ — माथिल्लो त्रिशुली थ्री ‘ए’ ले आगामी असारभित्र विद्युत् उत्पादन सुरु गर्ने भएको छ।
रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजनाको ८५ प्रतिशत काम सकिएको छ।
६० मेगावट क्षमताको आयोजनाले चालु आर्थिक वर्षभित्र दुईवटै युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए।
अहिले दुईवटा समूहले काम गरिरहेका छन्।
आयोजनाका अनुसार सिभिलतर्फ ९८ प्रतिशत, हाइड्रो मेकानिकलतर्फ ६५ प्रतिशत र इलेक्ट्रो मेकानिकलतर्फ ३५ प्रतिशत काम सकिएको छ।
— नागरीक
FACEBOOK COMMENTS