काठमडौं, वैशाख २३ – नेकपा एमालेले असन्तुष्ट पक्ष माधव कुमार नेपाल समूहलाई गरेको कारबाही फिर्ता लिने तयारी गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको स्थायी कमिटी बैठकमा यसबारे छलफल भएको बताइएको छ । यद्यपि अर्को चरणको छलफलपछि मात्रै यसबारे निर्णयमा पुग्न सकिने स्रोतको भनाइ छ ।
पार्टी अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि पार्टीबाट निष्काशन गरेका थिए ।
तर, आगामी २७ गते संसदमा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले उनीहरुलाई गरेको कारबाही फिर्ता लिने तयारी गरेका हुन् । उनले संसदबाट विश्वासको मत नपाउने करिब निश्चित भइसकेको अवस्थामा ओलीले आफ्नो पार्टीभित्रको विवाद मिलाएर अगाडि बढ्ने लक्षण देखाएका छन् ।
FACEBOOK COMMENTS