काठमाडौं, कार्तिक २८ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तिहार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
शुक्रबार दिएको शुभकामना सन्देशमा उनले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ कारण यसपालिको तिहारमा परिवारका सदस्यबाहेक अन्यसंग भेटघाट कम गर्ने, गर्नैपर्ने भएमा भौतिक दूरी अनिवार्य कायम गर्ने र मास्क प्रयोग गर्दै सरकारले जारी गरेका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न आग्रह गरेका छन्।
FACEBOOK COMMENTS