काठमाण्डौँ — वैदेशिक रोजगारीको प्रमुख गन्तव्य मलेसियाले आउटसोर्सिङ भिसा (एक कम्पनीको नाममा भिसा लिई अर्कै वा तेश्रो कम्पनीमा काम गर्न पाउने सुविधासहितको अनुमति) रद्द गर्ने भएको छ ।
उसले अब यही मार्च महिनापछि उक्त भिसासम्बन्धी प्रावधान हटाउन लागेको हो ।
उक्त म्याद सकिन अब दुईसातामात्र बााकी छ ।
एक कम्पनीमा कामदार भर्ना गरि अर्को कम्पनीमा काम लगाउादा कामदार ठगिने र अप्ठ्यारोमा पर्ने गरेको ठम्याई अधिकारीहरुको छ ।
उक्त निर्णय लागू भएमा हजारौं नेपालीले जागिर गुमाउने र स्वदेश र्फकनुपर्ने अवस्था सृजना हुनेछ ।
त्यस्ता कम्पनीले कामदार कार्यरत कम्पनीसाग बढी रकम लिएर कामदारलाई न्यून पारिश्रमिक तिर्ने गरेकाले कामदारको श्रम शोषण हुने गरेको, मानव बेचविखन लगायत समस्या बढेको भन्दै उक्त भिसासम्बन्धी व्यवस्था हटाउन लागेको जनाइएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS