काठमाडौं, ३० असोज । साफ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुगेपछि आज मालदिभ्समा रहेका कतिपय नेपालीले छुट्टी पाएका छन् । कतिपय छुट्टी लिएर फुटबल हेर्न जाने भएका छन् ।
आफ्नो देशको उपाधि भिडन्तका लागि खेल्न लागेको फाइनल प्रत्यक्ष उपस्थित हेर्ने नेपालीहरुको चाहनालाई दृष्टिगत गरी कतिपय कम्पनी र सरकारी निकायमा कार्यरतहरुले बिदा दिएका हुन् ।
मालदिभ्सको राष्ट्रपति कार्यालयमा कार्यरत २५ जना नेपालीले आज बिदा पाएका छन् । उनीहरुलाई फुटबल हेर्न बिदा दिइएको बुझिएको छ ।
फाइनलमा नेपाली दर्शक २ हजारसम्म हुने बुझिएको छ । १ हजारले टिकट समेत लिइसकेको बुझिएको छ ।
मालदिभ्समा १० हजार भन्दा बढी नेपालीहरु छन् । उनीहरु पर्यटन क्षेत्रमा बढी कार्यरत छन् ।
FACEBOOK COMMENTS