काठमाडौँ — पुस १४ । कथा ईभेन्टको आयोजनामा राजधानीको बालुवाटारस्थित चियापान घरमा “ मिस जनजाती नेपाल,२०१९” को पहिलो अडिसन सम्पन्न भएको छ ।नेपालमा सौन्दर्य प्रतियोगिताहरुको बढ्दो भिडमा आफुलार्इ स्थापित गर्दै आएको कथा ईभेन्टले राजधानीमा “मिस जनजाती नेपाल,२०१९” आयोजना गर्ने भएको हो। अडिसन कार्यक्रममा निर्णायकको रुपमा कथा ईभेन्टका उपाध्यक्ष अनिल मगर, मिस लेडी नेपाल की फर्स्ट रनर अप सुभेक्षा खड्गी र मिस लेडी नेपालकी भ्युवर्स चोइस कविता गुरुङ रहेका थिए ।
अडिसनमार्फत २५ जना प्रतिस्पर्धीहरु छनौट गरी संचालन गरिने “मिस जनजाती नेपाल,२०१९” प्रतियोगिताको लागि यसपटकको छनौट प्रक्रियामा समावेश कुल १६ प्रतिस्पर्धीहरुमध्येबाट ३ जना प्रतिस्पर्धीहरु छनौट गरिएको छ ।प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।
प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराइने भएको छ । प्रतियोगीहरुले आफुले सिकेको ज्ञानहरुलाई समाजमा प्रतिश्प्रधा गर्न अनि आफ्नो आत्मा बिश्वास बढाएर भोलिको दिनमा आज सिकेको कुराहरुलाइ उपयोग गर्न सक्ने बनाउनुनै लक्ष्य रहेको कार्यक्रम व्यवस्थापक नविन गुरुङले बताए ।
यस सौन्दर्य प्रतियोगिताले जनजाती समुदायका युवतीहरु बीच व्यक्तित्व विकास र आफुसंग भएको प्रतिभा प्रस्फुटन गरि समाजमा सकारात्मक सन्देश दिन सफल हुने कुरामा उनी विश्वस्त छन् ।
FACEBOOK COMMENTS