काठमाडौं, कात्तिक २४ – मिस नेपाल २०२० को फाइनल मंसिर २० गते हुने भएको छ । कोरोनाका कारण रोकिएको प्रतियोगिताको फाइनल मंसिर २० गते हुने भएको हो । केहीदिन अगाडि काठमाडौं अडिसन सम्पन्न गरिसकेको आयोजक हिडन ट्रेजरले फाइनलको तयारी सुरु गरिसकेको जनाएको छ ।
प्रतियोगिताका लागि २१ जना प्रतिस्पर्धी छनोट गरिएको हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णीकारले जानकारी दिए ।
“यो वर्ष २१ जना प्रतिस्पर्धीबीच प्रतिस्पर्धा हुनेछ । यसका लागि हामीले देशका मूख्य ९ सहरबाट प्रतिस्पर्धी छनोट गरिसकेका छौं । अहिले उहाँहरु तालिममा सहभागी भइरहनु भएको छ,” अध्यक्ष दिवाकरले भने, “पब्लिकमा गएर प्राक्टिकलरुपमा गरिने क्रियाकलापबाहेक अन्य सबै गतिविधि तथा तालिमहरु यो वर्ष हुनेछन् र भइरहेका छन् ।”
FACEBOOK COMMENTS