काठमाण्डौं– मुक्तिनाथ विकास बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूटबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा एनबिआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रद्युमन पोखरेलले हस्ताक्षर गरे ।
वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङले दु्रत गतिमा विस्तार गर्नको लागि सम्झौता गरेको हो ।
सम्झौता पछि एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एप्को संरचना र सुविधाहरु बारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराईने छ ।
बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाइ एनबिआई मोबाइल एपबारे ज्ञान दिलाई आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।
FACEBOOK COMMENTS