काठमाडौं, वैशाख ३ – मुक्तिनाथ विकास बैंकका ग्राहकलाई चितवनकाे द फर्न रेसिडेन्सी होटलमा विशेष छुट पाउने भएका छन् । बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले उक्त हाेटलमा विशेष छुट पाउने भएका हुन् । बैंक र हाेटलबीच ग्राहकहरुलाई छुट दिने विषयमा बिहिबार सम्झाैता भएकाे हाे ।
होटल चितवन प्रा. लि.बाट सञ्चालित भरतपूरमा रहेको द फर्न रेसिडेन्सी, होटल चितवनमा बसाई र खाना तथा परिकारहरुमा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन् । विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिषा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेकाे छ ।
त्यसैगरी बैंकले मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि गरेकाे छ ।
FACEBOOK COMMENTS