काठमाडौं, पुस २१- मुक्तिनाथ विकास बैंकले मृतकको ऋण मिनाहा गरेको छ । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय,दमौलीमा सदस्य मोहोनीमाया थापा मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।
उक्त रकम स्व. मोहोनीमाया थापा मगरको श्रीमान भूपाल थापा मगरलाई बैँकका दमौली शाखाका शाखा प्रमुख उदयराज तिमिल्सिना,साना तथा लघु वैकिङ्क प्रमुखी धु्रव राज घिमिरे ,वडासदस्य सुर वहादुर थापाले संयुक्त रुपमा भुक्तानी साँवा र ब्याज बापतको रकमरु. ५४,२७८/–(अक्षरेपी चौउन्नहजारदुई सय अठहतर रुपैयाँमात्र)र काजकिरिया खर्च रु ५,०००/–(अक्षरेपी पाँच हजार मात्र ) समेत गरी रु ५९,२७८./–(अक्षरेपी उन्नसाठी हजार दुई सय अठहतर रुपैयाँमात्र )बराबरको चेक हस्तान्तरण गरेको र तिर्न बाँकी रहेको कर्जा रु २,११,४४०/–(अक्षरेपी दुई लाख एघार हजार चार सय चालिस रुपैयाँ )समेत मिनाहा गरिएको बैंकले जनाएको छ ।
FACEBOOK COMMENTS