काठमाडौं, पुस २६ – मुक्तिनाथ विकास बैंकले आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
बैंकको पुस २५ गते सम्पन्न चौधौं वार्षिक साधारण सभाले लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गरेको हो ।
सभाले आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन आ.व. २०७७/०७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु सहित आ.व. ०७६/०७७ को मुनाफाबाट सेयरधनीहरुलाई (४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयर सहित) १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने सामान्य तथा विषेश प्रस्तावहरु सर्वसम्मत पारित गरेको हो ।
FACEBOOK COMMENTS