काठमाडौं, फागुन १३- मुक्तिनाथविकास बैंकले आवासीय प्रयोजनकालागि आफ्नो वा एकाघर सदस्यको स्वामित्वमा रहेको घर, घडेरी , घर जग्गा तथा फ्ल्याट ÷अपार्टमेन्टमा भएको स्व–लगानीमा Debt Leverage लिने गरी Equity Financing गरिने र अन्थ बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जालाई पुनःलगानीगर्न सकिने गरीमुक्तिनाथ घर पूँजीकर्जा सञ्चालनमाल्याएको छ । घर पूँजीकर्जाआकर्षकब्याजदरमा १५बर्षको लागिलिन सकिनेछ ।
यसका साथै, बैंकले मुक्तिनाथ सरल व्यवसायिक कर्जा पनि सञ्चालनमाल्याएको छ । यस कर्जा विभिन्न व्यवसाय स्थापना गर्न, आधुनिकीकरण गर्न र साथै व्यवसायमा हाल भइरहेको पूँजीगत तथा चालुपूँजी स्व–लगानीमा Financial Leverage लिने गरी उद्योग,व्यापार एंवसेवा मुलक संस्थाव्यवसाय सञ्चालनको लागि आवश्यक पर्ने संरचना÷पूर्वाधारमालाग्ने पूँजीगतखर्चहरु परिपूर्ति र मौज्दात, आसामी, पेश्कीलगायत स्थायी प्रकृतिका चालुपूँजी आवश्यकता पूरा गर्न तथा दैनिककार्य सञ्चालनको लागिआवश्यक पर्ने अन्य कार्यशील पूँजीको लागि प्रदान गरिने बैंकले जनाएको छ ।
मुक्तिनाथविकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्गलगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको छ ।
FACEBOOK COMMENTS