काठमाडौं, साउन २७ । मुक्तिनाथ विकास बैंक र संजिवनी हस्पिटल तथा आइभिएफ सेन्टरबीच सम्झौता भएको छ ।
सम्झौता अनुसार विराटनगर स्थित रहेको उक्त हस्पिटलले बैंकका ग्राहकहरुलाई तोकिएका शुल्कमा विशेष छुट प्रदान गर्ने छ ।उक्त सम्झौता पत्रमा संजिवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।
साथै, विकास बैंकले विराटनगरकै विराट आँखा हस्पिटलसँग पनि बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेकोे छ ।
उक्त सम्झौता पत्रमा विराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले संजिवनी हस्पिटल र विराट आँखा हस्पिटल, विराटनगरमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशत सम्म छुट पाउने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ विकास बैंकले देशैभरी ११८ वटा शाखा, २२ वटा एटिएम र करिब सात लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS