काठमाडौं, मंसिर ९ – केन्द्रीय राजनीतिमा एउटै पार्टी भित्रका नेताबीच विवाद चर्किरहेका बेला नेकपाका नेता समेत रहेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र कांग्रेसबाट निर्वाचित म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डम्बरहादुर पुनले ‘मित’ लगाएका छन् ।
अन्नपूर्ण–२ भुरुङ्ग तातोपानीमा सोमबार साँझ मुख्यमन्त्री गुरुङ र गाउँपालिका अध्यक्ष पुनले पारिवारका सदस्यको उपस्थितिमा मित लगाएका हुन् ।
परम्परागत विधि अनुसार एक अर्काले भादगाउँले टोपी र माला सासाटाटका साथै टाउको जोडेर मित लगाएका हुन । मित लगाएपछि केक काटेर खुसीयाली साटासाट गरेका छन् । उनीहरुबीच यसअघिनै मित लगाउने सझदारी भएको थियो ।
बुवाको किरीया बसेका गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनलाई मुस्ताङमा भेटेर फर्कने क्रममा गुरुङ र अध्यक्ष पुनले मित लगाएका हुन् । ‘निर्वाचन पहिले उहाँसँग चिनजान थिएन, जनप्रतिनिधि भएपछि कार्यक्रममा उहाँसँगसँगै हुने अवसर मिल्यो, धेरैले उहाँ र मलाई दुई भाइ जस्तै भनेर पनि चिनाउन थाले,’ अध्यक्ष पुनले भन्नुभयो ‘उहाँ र म निकटका साथीहरुले मितको प्रस्ताव गर्नुभयो, हामीले स्वीकार गर्यौँ र मित लगायौँ ।’
FACEBOOK COMMENTS