काठमाण्डौं- मुर्रारका ग्रुप अन्तर्गत पिके ट्रेडर्सले नेपाली बजारमा ब्राभोज ब्राण्डका एलइडी टिभी भित्र्याएको छ। विश्व प्रसिद्ध वर्ल्ड कप २०१८लाई लक्षित गरी कम्पनीले टिभी भित्र्याएको हो। उपभोक्ताको आवश्यक्ता र चाहनालाई मध्यनजर गर्दै यो ब्राण्डले छनौटको अवसर प्रदान गर्नेछ।
स्मार्ट र नन् स्मार्ट गरी दुई श्रेणीमा फरक फरक साइजका टिभी उपलब्ध रहेको ट्रेडर्सले जनाएको छ। टिभीमा वाईफाई, १०८० पीक्सेल फुल एचडी, कोरटेक्स् ए सेभेन् डुयल् कोर प्रोसेसर जस्ता विशेषताहरु रहेका छन्।
पिके ट्रेडर्सका यादवराज गौतमले उच्च गुणस्तर, अत्याधिक टिकाउ र सुपथ मुल्यमा ब्राभोज टिभी उपलव्ध गराइएको बताए।
FACEBOOK COMMENTS