काठमाण्डौँ — सन् २०१७ को तुलनामा २०१८ मा मुस्ताङ भ्रमणमा आउने विदेशी पर्यटकको सङ्ख्या १२ प्रतिशतले वृिद्ध भएको छ ।
सन् २०१७ मा ५२ हजार ४७५ जना विदेशी पर्यटकले भ्रमण गरेका मुस्ताङमा सन् २०१८ मा ५९ हजार ८३८ पर्यटक आएका अन्नपूर्ण संरक्षण क्षेत्रको इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमले जनाएको छ ।
विसं २०१८ मा विदेशी पर्यटक आगमन १२.३० प्रतिशतले वृद्धि भएको कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए ।
सबैभन्दा धेरै भारतीय पर्यटकको सङ्ख्या ३३ हजार १५९ जना छ ।
प्रचारप्रसार, सडक र सहज यातायातको सुविधा, राजनीतिक स्थिरता, अनुकूल मौसमलगायतका कारणले पर्यटक आगमन बढेको एक्याप जोमसोमका प्रमुख दाहालले बताए ।
— कारोबार
FACEBOOK COMMENTS