काठमाडौं । अखिल क्रान्तिकारी आरआर क्याम्पस कमिटीले नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि लगायतका पछिल्लो समय भइरहेको समग्र मूल्य वृद्धिको विरोधमा विद्यार्थीहरु मिलेर सडकमै खाना पकाएर खाएका छन् ।
उनिहरुले मूल्य वृद्धि रोक्नतर्फ सरकारको ध्यान जाओस् भनेर फरक शैलीमा विरोध प्रदर्शन गरिएको हुन् ।त्यसकारण क्यापसअगाडि सडकमै खाना पकाएर खाई विरोध प्रदर्शन गरेका हुन् ।
इन्धनको लगातार मूल्य वृद्धि गरिहरेको निगमले पछिल्लो समय खाना पकाउने ग्यासको समेत एकै पटक ७५ रुपैयाँ प्रति सिलिण्डर मूल्य वृद्धि गरेको छ । यसको विरुद्धमा विद्यार्थी संघ–संगठनहरुले निरनतर विरोध गरिरहेका छन् ।
FACEBOOK COMMENTS