अनुगमनका क्रममा मूल्यसूची नराखेको फेला परेपछि चार वटा पसललाई ५०-५० हजार रुपैयाँका दरले जरिवाना गरिएको विभागले जानकारी दिएको छ । विभागका निरीक्षण अधिकृत रमेशकाजी श्रेष्ठले मूल्यसूची नराख्ने चार व्यवसायीलाई कारबाही गरिएको बताए । “अनुगमनका क्रममा चारवटा पसलमा मूल्यसूचीराखेको पाइएन,”श्रेष्ठले भने, “मूल्यसूची नराख्ने पसलाई ५०-५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।” अनुगमनका क्रममा व्यवसायीले अवरोध गरेर हुलहुज्जत गरेको उनले जानकारी दिए । मूल्यसूचीनभएको र खरिद विलविजक नभएका चारवटा पसललाई कारबाही गरेपछि व्यसायी त्यसकोविरोधमा उत्रेका थिए ।
कारबाही पर्नेमा रञ्जना टे«ड सेन्टरभित्र रहेका मूल्यसूची नराख्ने वाव फेशन, रितिका बिजनेस प्रालि, ऋद्धिसिद्धि इन्टरप्राइजेज र शाक्य रेडिमेट सेन्टर रहेका छन् । रञ्जना व्यापार संघका अध्यक्ष अञ्जान शाक्यको पसलमै मूल्यसूची नराखेको पाइएपछि कारबाहीमा परेको छ । मूल्यसूची नराख्ने व्यवसायीलाई उपभोक्ता संरक्षण ऐनमा ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था रहेको छ । उपभोक्ता अधिकारकर्मी सहितको अनुगमनटोलीलाई व्यवसायीले हुलहुज्जत गरेर अनुगमन गर्न अवरोध गरेका थिए । अनुगमनका गएको टोलीलाई प्रहरीले सहयोग नगरेको अनुगमनटोलीको गुनासो छ ।
विभागको तीनवटा अनुगमनटोलीले न्युरोडमा रहेको रञ्जना टे«ड सेन्टरमा अनुगमन गरेको थियो । पाँचवटा पसलमा अनुगमन गरेको थियो । चारवटा पसलमा मूल्यसूची नराखेको र एउटा पसलमा मूल्यसूची पाइएको विभागको भनाइ छ । चाडपर्व नजिकिँदै गर्दा विभागले बजार अनुगमनको कामलाई तीव्र रूपमाअगाडि बढाएको छ । चाडपर्वमा व्यवसायीले अस्वभाविक मूल्य लिई उपभोक्ता ठग्न सक्ने भन्दै बजार अनुगमनको कामलाई प्रभावकारी रूपमा अगाडि बढाइएको विभागले जानकारी दिएको छ । ऐनमा अनुगमनका क्रममा कैफियत फेला परेपछि निरीक्षण अधिकृतले तत्काल पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न पाउने व्यवस्था गरेको छ ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले भन्सार विन्दुमा सुधार गर्नुपर्ने बताए । “दसैंको बेला कारोबार बढी हुने गर्छ,” उनले भने, “अनुगमनटोलीले व्यापारलाई अवरोध गर्ने गरेको छ ।”उपभोक्ता संरक्षण ऐनका भएको व्यवस्था व्यवसायीलाई जानकारी गराउन आवश्यक रहेको उनको भनाइ छ । चाडपर्वमा बजारमा किनमेल धेरै हुँदा व्यवसायीलाई अस्वाभाविक मूल्यवृद्धि गरेर उपभोक्ता ठग्ने गर्छ । विभागका महानिर्देशक योगेन्द्र गौचनले चाडपर्वको समयमा हुने कालाबजारीलाई नियन्त्रण गर्नका लागि तीव्र रूपमा अनुगमनको काम अगाडि बढाइएको जानकारी दिए ।अनुगमनका क्रममा कैफियत भेटिए तत्काल कारबाही गरिने उनको भनाइ छ । चाडपर्वको बेला बजारमा किनमेल धेरै हुने हुँदा व्यवसायीले सामानमा दोब्बर तेब्बर मूल्य बढाएर उपभोक्ता ठग्ने गरेका छन् ।
चाडपर्वको समयमा खाद्यान्न, लत्ताकपडा, मसला, लगायतका अन्य सामानमा बढी ठगी हुने गर्छ । बजारमा सामानमा मिसावट, मूल्यसूची नराख्ने, सामानमा बढी मूल्य लिने, कमगुणस्तरको सामान, तौलमा कमी, म्याद नाघेका सामान बिक्री गर्नेजस्ता समस्या धेरै हुने गर्छन् ।

FACEBOOK COMMENTS