माधव पौडेल/तनहूँ-लायन्स क्लब अफ तनहुँ व्यास सिटीले मृर्गौला पिडित राजु श्रेष्ठलाई आर्थिक सहयोग गरेको छ । लामो समयसम्म तनहुको दमौलीमा विभिन्न पेशा गरेका श्रेष्ठ केहि बर्षदेखि चितवन भरतपुरमा बसोवास गर्र्दै आएका छन । लायन्स क्लब अफ तनहुँ व्यास सिटीले पहिलो चरणमा त्रिसठ्ठी हजार आठसय दश रुपैया हस्ताण्तरण गरेको छ । क्लबका अध्यक्ष कुमार मल्ल लगायतका पदाधिकारीहरुले शनिवार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन ।उनीहरुले श्रेष्ठको निवास भरतपुर चितवनमा पुगेर उक्त सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सो अवसरमा अध्यक्ष मल्लले लामो समयदेखि दमौलीवासीको सेवा गरेका श्रेष्ठको मृगौला फेल भएको सुनेर कोरोनाको माहामारीको समयमा पनि सहयोग संकलन गरि उपचार गर्न सहज होस् भनेर पहिलो चरणको रकम हस्तान्तरण गरिएको बताए । साथै उनले सहयोग रकम संकलन अभियान जारी रहेको पनि जानकारी दिए । उक्त अवसरमा मृर्गौला पिडित श्रेष्ठले सहयोग पाउँदा आफुमा बाच्ने आश पलाएको बताए ।
FACEBOOK COMMENTS