काठमाण्डौँ — मेगा बैंक नेपाल लिमिटेडको पूर्ण स्वामित्वमा रहेको मेगा क्यापिटल मार्केटस् लिमिटेडको औपचारिक शुभारम्भ भएको छ ।
राजधानीमा शुक्रबार साँझ आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा। रेवतबहादुर कार्की र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा समूद्घाटन गरे ।
मेगा क्यापिटल मार्केट्सलाई शुभकामना दिँदै धितोपत्र बोर्डका अध्यक्ष डा। कार्कीले नेपालमा मर्चेन्ट बैंकिङको विकासक्रम बढ्नु खुसीको कुरा रहेको बताए ।
मर्चेन्ट बैंकिङको बजार काठमाडौँ बाहिर पनि विस्तार भएकाले ग्राहकहरुले कम लागतमै सहज र सरल ढंगले सेवा पाउन थालेको बताउनुभयो । उहाँले मेगा क्यापिटललाई नयाँ मोडलमा काम गर्न शुभकामना पनि दिए ।
यसैगरी, मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष शाहले मेगा क्यापिटलले छोटो समयमै प्रगति गर्ने विश्वास व्यक्त गर्नुभयो । मेगा बैंकको शतप्रतिशत लगानीमा खुलेको क्यापिटलले पुँजीबजारमा नयाँ किसिमले काम गर्ने उनले बताए ।
मेगा क्यापिटल मार्केटस् लिमिटेडले चैत्र १८ गते मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेको थियो ।
मेगा क्यापिटलको अधिकृत पूँजी ३० करोड छ भने चुक्ता पूँजी २० करोड रुपैँया रहेको छ ।
FACEBOOK COMMENTS