काठमाडौं, २८ असोज – मेगा बैंक नेपाल लिमिटेडले असोज ११ देखि १८ गतेसम्म लिलामीमा विक्री खुला गरेको हकप्रद शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र असोज २९ गते बिहीवार खोलिने भएको छ । मेगा क्यापिटल मार्केट्सको त्रिपुरेश्वर, काठमाडौंमा हालको परिस्थितिलाई ध्यानमा राखी भिडभाड नहुने वातावरणामा विहान १० बजे खोलिने भएको हो ।
मेगाले संस्थापकतर्फको ११ लाख ३३ हजार ३४४ दशमलव ७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४ दशमलव ९३ कित्ता शेयर लिलामीमा विक्री खुला गरेको थियो । मेगाले तीन वर्षअघि ६५ प्रतिशत हकप्रद विक्री खुला गर्दाका समय वितरण हुन नसकेको शेयर लिलामीमा विक्री गरेको हो । यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको थियो । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो ।
FACEBOOK COMMENTS