काठमाण्डौँ — मेगा बैंक नेपाल लिमिटेडले धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा शाखाको औपचारिक उदघाटन गरेको छ ।
ज्वालामुखी गाउँपालिकाको साँध भन्ज्याङमा कार्यालय रहेको शाखाको सो गाउँपालिकाका अध्यक्ष बिनोदराज तिमिल्सिनाले उद्घाटन गरृ ।
बैंकको शाखा खुलेपछि स्थानीय बासिन्दाहरु निकै उत्साही बनेको मेगा बैंक ज्वालामुखी शाखाका प्रबन्धक आत्मराम दवाडीले बताउनुभयो ।
उहाँका अनुसार, शाखामा १५ सय जनाले खाता खोली कारोबार शुरु गरिसकेका छन् भने १४ करोड निक्षेप र २ करोड ऋण प्रवाह भइसकेको छ ।
मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटीएम सञ्जाल, ११९ वटा शाखारहित केन्द्रहरु र २३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।
FACEBOOK COMMENTS