काठमाडौं, चैत २१ – मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा कुल रू।१ करोड ३५ लाख सहयोगको घोषणा गरेको छ ।
बैंकले केन्द्रको कोषमा रू.१ करोड र सातै ओटै प्रदेशले स्थापना गरेको कोषमा रू. ५/५ लाख गरी जम्मा रू.१ करोड ३५ लाख सहयोग गर्ने निर्णय गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हुने यो सहयोगमा बैंकका १ हजार २०० भन्दा बढी कर्मचारी र सञ्चालक समितिका सदस्यले पनि व्यक्तिगत योगदान गर्नेछन् ।
FACEBOOK COMMENTS