काठमाडौं, मङ्सिर ११ – मेगा बैंक नेपालले कार्ड प्रयोगकर्ताहरुकाे लागि कन्ट्याकलेस् (नियर फिल्ड कम्युनिकेसन-एनएफसी) भुक्तानी सेवा सुरु गरेकाे छ । प्रविधिलाई आत्मसात गर्दै बैंकिङ सेवा प्रदान गरिरहेको मेगा बैंकले कार्ड प्रयोगकर्ता ग्राहकहरुका लागि कन्ट्याकलेस भुक्तानी सेवा सुरु गरेकाे हाे ।
कन्ट्याकलेस भुक्तानी धेरै सरल र सहज भुक्तानी सेवा हाे । जसमा कार्डलाई एनएफसी भएकाे पीओएस मेसिनमा नराखी रकम भुक्तानी गर्न सकिन्छ । एनएफसी जडान गरिएकाे कुनै पनि मेसिनमा यस सेवाकाे प्रयोग गर्न सकिने बैंकले जनाएकाे छ । कार्ड नराखी मेसिनले एउटा सीमित दुरीमा रहेर कार्डकाे डाटा लिएर भुक्तानी प्रकृया अगाडि बढाउने बैंकले जनाएकाे छ ।
ग्राहकलाई विश्व स्तरीय बैंकिङ अनुभव दिनको याे नयाँ टेक्नाेलाेजी भित्र्याइएकाे मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले बताइन् । साथै, यस टेक्नाेलाेजी मार्फत बैंकले २ हजार रुपैयाँसम्मकाे भुक्तानी गर्न सक्ने उनले जानकारी गराइन् ।
FACEBOOK COMMENTS