काठमाडौं, चैत २१ – पहिलो संस्करणको ललितपुर मेयर्स कप वुमन्स च्याम्पियन्स क्रिकेट प्रतियोको उद्घाटन खेलमा विभागीय टिम एपिएफ विजयी भएको छ। शनिबारबाट कीर्तिपुरस्थित टियू मैदानमा सुरु भएको प्रतियोगितामा विभागीय टिम एपिएफले प्रदेश १ माथि ८ विकेटको सहज जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै प्रदेश १ले दिएको १०७ रनको लक्ष्य एपिएफले १८ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । एपिएफलाई सहज जित दिलाउने क्रममा सीता रानामगरले अर्धशतक बनाइन्। उनले ५० बल खेल्दै ७ चौका प्रहार गरिन्।
यस्तै, ज्योति पाण्डेले ४० बलमा ३२ रन बनाइन् । सीता र ज्योतिले पहिलो विकेटका लागि ७० रनको साझेदारी गर्दै टिमलाई उत्कृष्ट सुरुवात दिलाएका थिए। प्रदेश १का लागि रुविना क्षेत्री र संगीता राईले समान १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ओभरमा ४ विकेट गुमाउँदै १०६ रन बनएको थियो । उसका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ४५ रन बनाइन भने रोमा थापाले ३३ रन बनाइन् । यी रुविनाले ४८ बल खेल्दै ६ चौका प्रहार गरिन् भने रुमाले ४२ बलमा ५ चौका प्रहार गरिन्। दुईले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । एपिएफका रेखा रावल, करुणा भण्डारी, सिता राना मगर र बिन्दु मगरले समान १ विकेट लिए ।
ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ ९क्यान०ले आयोजना गरेको प्रतियोगितामा ५ टिम सहभागी छन् । जसमा एपिएफ र प्रदेश १ सहित लुम्बिनी, सुदूरपश्चिम र मेयर्स ११ छन् ।
सिंगाल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगितमा लिगका शीर्ष दुईमा रहने टिमले फाइनल खेल्नेछ । प्रतियोगिताका विजेताले ३ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउने छन्।
FACEBOOK COMMENTS