काठमाडौं – मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले नेपाली कामदार, सब कन्ट्रयाक्टर, सप्लायरको डेढ अर्व भुक्तानी सुनिश्चित गर्न सरकारसंग माग गरेको छ ।
आयोजनाका केही अनुचित लाभ लिन खोज्नेहरुले मुख्य ठेकेदार कम्पनी सिएमसी द रिभेन्नालाई काम छोडेर भाग्न बाध्य बनाएको भन्दै आफुहरुले पाउनुपर्ने भुक्तानीको ग्यारेण्टी गर्न उनीहरुले माग गरेका छन् ।
पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका संयोजक श्रीराम न्यौपानेले भुक्तानी नपाए नो वर्क नो सप्लाईको अवधारमा अपाउने बताए । यसका लागि नेपाल निर्माण व्यवसायी, नेपाली निर्माण कम्पनीहरुले समेत सहयोग गर्ने समितिको दाबी छ।
समितिका अनुसार आयोजनामा काम गरिरहेका ७ सय २५ जना नेपाली कामदारको तीन महिनाको भुक्तानी पाएका छैनन् । सबकन्ट्रयाक्टरले पाएको १० करोड रुपैयाँ बराबरको चेक बाउन्स भएको छ । त्यस्तै मेसिनरी सामान र सप्लायरले भुक्तानी पाएका छैनन् । सबै गरेर डेढ अर्ब रुपैयाँ भुकतानी पाउन बाँकी रहेको समितिले जनाएको छ ।
FACEBOOK COMMENTS