काठमाडौं – मेलम्ची आयोजनाबारे छलफल गर्न इटालियन ठेकेदार कम्पनी सीएमसीको उच्चस्तरीय टोली नेपाल आउने भएको छ ।
वित्तीय संकटमा फसेपछि काम छोडेर हिँडेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पाउओ पोर्सेली नेतृत्वको टोली सोमबार नेपाल आउन लागेको हो ।
मेलम्ची खानेपानी आयोजनाले छलफलका लागि सीएमसीको उच्च तहका अधिकारीलाई काठमाडौं बोलाएको थियो ।
त्यसअनुरुप सीएमसीले सीईओ पोर्सेलीको नेतृत्वमा टोली नेपाल आउन लागेको जानकारी आफूले ठेक्का लिएका आयोजनाहरुलाई गराएको छ ।
सीएमसीको टोलीसँग छलफल गरेर मेलम्ची आयोजना अब कसरी अघि बढाउने भने टुंगो लगाउने योजना छ । हाल मेलम्ची आयोजनामा पूर्ण रुपमा काम ठप्प छ ।
सीएमसीका अधिकारीहरु सबै इटालियन दूतावासको जिम्मामा विदेश उडेका छन् ।
FACEBOOK COMMENTS