काठमाडौँ, श्रावण ३० – मेलम्ची खानेपानी आयोजनाको सुरुङको ढोका पुनः डिजाइन गरिने भएको छ । गत असारको अन्तिम साता पानीको बहाव परीक्षण गर्दा भत्केको ढोका पुनः डिजाइनका लागि स्पेन र पोर्चुगलका परामर्शदातालाई सहभागी गराइएको आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बताए ।
आयोजनाको परामर्शदाता स्पेनको इप्टिसा कम्पनीका प्रतिनिधि पिनाकी रोय अहिले ढोकाको पुनः डिजाइनका लागि नेपाल आएर निर्माण कम्पनीलाई सघाइरहेका छन् । ढोका निर्माण, डिजाइन र जडानको जिम्मेवारी पाएको प्रेसिजन इन्फ्राटेकले परामर्शदाता इप्टिसाको निर्देशनअनुसार चार वटा ढोकाको पुनः डिजाइन सुरु गरेको छ ।
मेलम्चीको मुहान हेलम्बुमा असार ३० मा सुरुङको ढोका भत्कँदा बगाएर एक इन्जिनियरको मृत्यु भएको थियो भने एक जना चालक अझै बेपत्ता छन् । घटनामा अन्य दुई जना घाइते भएका थिए । परीक्षणकै क्रममा ढोका भत्केपछि आयोजनाको गुणस्तरमाथि प्रश्न उठ्दै आएको छ ।
FACEBOOK COMMENTS