काठमाडौं– नेपाल टेलिकमको मोबाइलको भ्वाइस सेवामा समस्या आएको छ।
साँझ पौने सात बजेदेखि साढे सात बजेसम्म काठमाडौं र पोखरामा टेलिकमको भ्वाइस सेवामा समस्या आएको हो।
टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले टेलिकममा प्राविधिक समस्या आएको बताउँदै मोबाइल नेटवर्कमा देखिएको समस्या समाधान भइसकेको बतार्इन् । उनले समस्या समाधान भैसकेको तर किन यस्तो समस्या आयो पत्ता लाग्न नसकेको बताईन ।
टेलिकमको मोबाइलमा फोन नलाग्ने र लागि हालेपनि ब्यालेन्स सकियो भन्दै काटिने गरेको थियो।
FACEBOOK COMMENTS