काठमाण्डौं — मोरङका ठूला उद्योगी व्यवसायीले ५२ करोड १२ लाख रुपैयाँ कर तिर्न अटेर गरेको छ ।
विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयलाई उनीहरूबाट करबापतको बक्यौता उठाउन हम्मे परिरहेको छ।
उक्त कार्यालयले २०७४ ७५ मा ५९ कारोड ३३ लाख रुपैयाँ कर उद्योगी व्यवसायीबाट उठाउनुपर्ने थियो ।
तर, उनीहरूबाट अहिलेसम्म सात करोड २१ लाख रुपैयाँ मात्र उठाएको कार्यालय प्रमुख दिलीपकुमार गौतमले बताए ।
लामो समयदेखि आयकर, मूल्य अभिवृद्धि कर ९भ्याट० र अन्तःशुल्क नबुझाउने ७२ वटा व्यापारिक फर्मका सञ्चालकको बैंक खाता, मालपोतमा जग्गा रोक्का राखेको थियो ।
यसमध्ये ११ वटाले बक्यौता तिरेपछि रोक्का फकुवा गरिएको छ ।
— कान्तिपुर
FACEBOOK COMMENTS