वितरणतनहुँ, ३ साउन- म्याग्दे गाउँपालिकाले गत श्रावण २८ र २९ गतेको अविरल वर्षाको कारण आएको वाढी तथा पहिरोबाट विस्थापित भएका परिवारलाई शनिवार राहत वितरण गरेको छ । गाउँपालिका अध्यक्ष मायादेवी राना आले, उपाध्यक्ष वालकृष्ण घिमिरे, वडा अध्यक्ष श्रीबहादुर थापाले सयुक्त रुपमा विस्थापित परिवारलाई राहत स्वरुप नगद ५ हजार र वन्दोवस्ती लगायत दैनीक उपभोग्य सामाग्रीहरु हस्तान्तरण गरे । गाउँपालिकाको तथ्याङ्क अनुसार पहिलो चरणमा घरबाट विस्थापित ७१ परिवारले राहत प्राप्त गरेका गाउँपालिका अध्यक्ष मायादेवी राना आलेले बताईन । यसरी प्रारम्भिक रुपमा राहत वितरणले दुखमा परेका परिवारहरुका लागि सहयोग पुगेको बताउँदै अध्यक्ष रानाले भनिन ”म्याग्दे गाउँपालिका आफ्ना बासिन्दाहरुप्रति उत्तरदायी रहेको छ”। पहिलो चरणमा राहत पाउनेमा वडा नं. १ बाट ७ परिवार, २ बाट २७ परिवार, ३ बाट ८ परिवार, ४ बाट २ परिवार, ५ वाट ५ परिवार, ६ बाट ८ परिवार र ७ नं. वडावाट १४ परिवार रहेका गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । वडा कार्यालयहरुवाट विवरण प्राप्त भएपछि अन्य जोखिममा रहेका बासिन्दाहरुलाई पनि यथासिघ्र राहत उपलब्ध गराउन गाउँपालिका प्रतिवद्ध रहेको उनले जनाए ।
FACEBOOK COMMENTS