तनहुँ ,२१ वैशाख/ म्याग्दे गाउपालिकाकाे राहत काेष खातामा म्याग्दे गाउँपालिकामा कार्यरत कर्मचारीहरूले १ लाख ७३ हजार २ सय ७० रूपया हस्तान्तरण गरेकाछन् । गाउँपालिका अध्यक्ष मायादेवी रानालाई प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन । काेभिड १९ रोकथाम तथा नियन्त्रणका लागि अधिकृत स्तरका कर्मचारीकाे ५ दिन र सहायक स्तरका कर्मचारीकाे ३ दिनकाे तलव कट्टा गरिएकाे लेखा अधिकृत नवराज पाेखरेलले जानकारी दिए ।
स्वास्थ सेवाका कर्मचारीकाे तलव कट्टा गरिएकाे छैन । तनहुँका स्थानिय तहमध्ये कर्मचारीवाट राहत कोषमा गर्ने स्थानीय तहमा म्याग्दे पहिलाे रहेको छ । कर्मचारीबाट राहत काेषमा गर्नुभएको सहयाेग धेरै सकरात्मक रहेको अध्यक्ष रानाले बताईन । हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद अाशा खनाल र गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेको पनि उपस्थिति रहेको थियाे । कर्मचारीहरूबाट कोषमा जम्मा भएको रकम गाउँ पालिकामा सहयोग गर्ने संस्थाहरू मध्ये यश रकम सबैभन्दा धेरै हो । कोषमा सहकारी, युवा क्लब, अामा समूह, टोल विकास संस्था, राजनितिक दल, लायन्स क्लव, समाजसेवी ,नागरिक समाज लगायतका रहेका छन् । गाउँपालिकाको कोषमा नगद, जिन्सी सहयाेग गर्नेलाई गाउँपालिका अध्यक्ष रानाले धन्यवाद दिएकी छन् ।
FACEBOOK COMMENTS