डिएन घिसिङ्ग
खेल मिलोमतो अर्थात म्याच फिक्सिङ्गको सवाल खेल जगतका लागि एक कलंकका रुपमा रहेको छ । खेल क्षेत्रको धब्बाको रुपमा रहेको यस सवालले बेलाबेलामा समाजलाई तरंगित बनाउदै आएको छ । खेल जगतलाई लज्जित तुल्याउदै आएको म्याच फिक्सिङ वास्तवमा सबैका लागि अभिसाप बन्ने गरेको छ । खेलकुद प्रतियोगिता हुनु पहिले नै खेलको परिणाम निर्धारण गर्दै खेलाडी आफू वा आफ्नो समुह वा अन्य समुहका खेलाडीलाई समेत प्रभाव पारेर गरिने अपराधको शैली नै म्याच फिक्सिङ्ग हो । फिक्सिंगमा सामान्यतया कसैको प्रलोभनमा परि कसैको स्वार्थपुर्ती गर्ने बदनियत लुकेको हुन्छ । जसमा आर्थिक चलखेल बढि रहनुका साथै अन्य विविध स्वार्थ गाँसिएका हुन्छन् । म्याच फिक्सिङको रचना हुनुको मुल जड खेलको अन्तिम नतिजा प्रभाव गर्ने नै हुन्छ । मुलत: पैसाको परिमाण हेरेर म्याच फिक्सिङ्गको घटना घट्छ वा घटार्इन्छ । खेल वास्तवमै मानविय संवेदनासँग जोडिएको बिषय हो किनकी यसको आकर्षण भनेकै निस्चित खेलाडी वा समुह वा राष्ट्र जस्ता परिधिमा बाँधिनु हो । खेल हेर्दै गर्दा अपवाद बाहेक हरेक मानिसले कुनै न कुनै खेल समुहलाई समर्थन गर्दछ । त्यो मानविय गुणको परिणती हो । जुन स्वार्थ केन्द्रित रहन्छ । तसर्थ पनि मानिस खेलबाट मनोरंजन मात्र लिदैन कि यसबाट आम्दानी गर्ने वा इगो साध्ने कामका लागि सट्टेबाजी जुवामा डुबुल्की मार्न पुग्छ । यता खेलाडीहरुको लालचका कारणले गर्दा खेल अनुशासनमा विराम लाग्छ । फलत: दुर्भाग्यको घटना निम्तिन्छ, त्यो हो-म्याच फिक्सिङ ।
“मानिस खेलबाट मनोरंजन मात्र लिदैन कि यसबाट आम्दानी गर्ने वा इगो साध्ने कामका लागि सट्टेबाजी जुवामा डुबुल्की मार्न पुग्छ । यता खेलाडीहरुको लालचका कारणले गर्दा खेल अनुशासनमा विराम लाग्छ । फलत: दुर्भाग्यको घटना निम्तिन्छ, त्यो हो-म्याच फिक्सिङ ।”
यस बखतमा घटनाको सत्यता उजागर नहोस् भन्नका निम्ति म्याच फिक्सरहरुले कबुलिएका रकम अग्रिम भुक्तानी गरेका हुन्छन् ।यस किसिमको अवैध गतिविधिहरूले प्रतियोगिताको अखण्डतालाई जोखिममा पार्दछ भने राष्ट र सामाजमा क्षति निम्त्याउनुका साथसाथै खेलको सांस्कृतिक मूल्यमान्यतामा खलल पुर्याउँछ । खेल फिक्सिंगको घटनाले भ्रष्टाचार, संगठित अपराध र पैसा-सुपारी जस्ता अन्य आपराधिक गतिविधिहरू समेतलाई बढ्वा दिन्छ । जस बारेका थुप्रै घटनाहरु सतहमा आईइसकेका छन् ।
म्याच फिक्सिंग र खेल मनोबिज्ञान
खेलाडीको मनोविज्ञानमा भ्रष्टिकरणको अवचेतनले बढी म्याच फिक्सिङ्गको संभावना रहेको अध्ययनले देखाएको छ।म्याच फिक्सिंगमा संलग्न हुनुको सम्भावित कारणहरू वित्तिय कठिनार्इ वा अर्को भ्रष्ट खेलाडी वा भ्रष्ट खेल अधिकारीको बीचको सामीप्यता हो। भु-मन्डलिय कारण फरक परिवेश र अन्तरदेशीय समूहमा म्याच फिक्सरका योजनाकारहरु सल्बलाउने गरेको पाईएको छ ।प्रतियोगिताको दौरानमा अल्पविकसित मुलुक वा विकाशोन्मुख रास्ट्रका खेलाडीमा चोटपटक र मिश्रित नतिजा जस्ता गतिविधि देखापर्नु म्याच फिक्सिङ्गको अर्को पाटो हो । विभिन्न माध्यमबाट खेलहरू मिलाउन खोज्ने अपराधीहरूले संसारभरका खेलाडीहरू, प्रशिक्षकहरू र अधिकारीहरूसँगको संपर्क विभिन्न माध्यम प्रयोग गरि कायम गरेका हुन्छन्।सक्रिय खेलाडीलाई परिणामको अनिश्चितता ल्याउन उत्पे्ररित वा बित्तिय कारोबार प्रमुख कारण हो।अन्तर्राष्ट्रिय खेल अपराध बारेमा गरिएको एक अध्ययनले खेल मिलान फिक्सिंगमा संलग्न दुई आयामको आधारमा फिक्सिंगको प्रकारलाई वर्गीकृत गरिएको छ ।जसमा आर्थिक रुपमा कमजोर खेलाडी र बिलासितामा रमाउने खेलाडी गरि दुई पाटो छन् । खेलकुदको दौरानमा आर्थिक हैसियत कमजोर भएका खेलाडीलाई म्याच फिक्सरहरुले प्रयोग गर्ने संभावना अधिक रहन्छ। बिशेषत ती खेलहरु आकर्षित गर्न आकर्षक आर्थिक लाभको भरोसा दिलाईएको हुन्छ। जुवाद्धारा उत्प्रेरित म्याच फिक्सिङ्ग खेलाडीहरू, टोलीका अधिकारीहरू वा रेफ्रीहरूको बीच सम्पर्कहरू सामान्यतया पैसा स्थानान्तरण सहज र भरपर्दो माध्यम प्रयोग गर्ने गरेको अनुसन्धानबाट पत्ता लगेको छ ।
“अन्तर्राष्ट्रिय खेल अपराध बारेमा गरिएको एक अध्ययनले खेल मिलान फिक्सिंगमा संलग्न दुई आयामको आधारमा फिक्सिंगको प्रकारलाई वर्गीकृत गरिएको छ ।जसमा आर्थिक रुपमा कमजोर खेलाडी र बिलासितामा रमाउने खेलाडी गरि दुई पाटो छन् ।”
खेलमा म्याच फिक्सिङ्गको असर
खेलकुद प्राकृतिक सिद्धांतमा आधारित रहेर खेल गतिविधि संचालन भएको हुन्छ।अस्वभाविक नतिजा वा खेलको भावना विपरित हुने प्रतियोगिता वा खेल उत्सवले सामाजिक र सांंस्कृतिक चुनौती सहित गम्भीर कुठाराघात निम्त्याउछँ। म्याच फिक्सिङ्ग जुवाद्धारा उत्प्रेरित हुने भएकाले टिम वा राष्ट्रि«ययतामा आत्मघाती सावित हुने गर्दछ। म्याच फिक्सिङ्गको प्रभाव पर्ने खेल वा खेलाडीले आत्म सम्मान गुमाएको हुन्छ। फिक्सिङ्गमा संलग्न खेलाडीहरू, टोलीका अधिकारीहरू वा रेफ्रीहरूले सामान्यतया आर्थिक स्थानान्तरणका लागि जोडबल गर्ने हुदाँ यस्ता गतिविधीले खेलको आकर्षण समाप्त पार्दछ। र आधुनिक व्यवसायिक खेलमा फिक्सिंग एक जटिल विश्वव्यापी समस्याको रूपमा देखा परिरहेको छ।
खेल फिक्सिंगको कानुनी दायरा
खेलकुद क्षेत्रले म्याच फिक्सिङलाई गम्भीर अदृश्य अपराधको रुपमा लिने गरेऐको छ।रास्ट्रियता वा समुहगत प्रतिष्ठाको खेलमा अपराधिक योजनाकारहरुले खेल पूर्ण र आंशिक रूपमा पूर्व निर्धारित परिणामको लागि आर्थिक मोलमोलार्इ गर्छन् । यसले खेलको नियम र कानूनको उल्लंघन गर्दछ।अस्वस्थ आर्थिक चलखेल यसका प्रमुख निशाना हो। म्याच फिक्सिङ अदृश्य अन्तरदेशिय अपराधको संजाल हो। प्रभावित खेलाडी र पदाधिकारीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित मुलुकको कानुन आकर्षण हुने गर्दछ। म्याच फिक्सिङमा खेल आयोजना हुने स्थलको कानुन आकर्षित हुने भएता पनि प्रभावकारितामा भने कमजोर रह्न्छ। आधुनिक ओलम्पिक खेलहरूमा समेत म्याच फिक्सिङ्गको गतिविधि देखापरेपछि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको मातहतका अन्तर्राष्ट्रिय खेल संघ र आयोजकको पहलमा सम्बन्धित देशको प्रशासनसँग मिलेर यस्ता अवान्छित गतिविधीलाई निस्तेज बनाउने प्रयासहर बगे्रल्ती भेटिन्छन् ।
FACEBOOK COMMENTS