काठमाडौं, माघ २४- नेपाल व्यवस्थापन संघ(म्यान) ले मेगा बैंककी सीईओ अनुपमा खुञ्जेली र राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठलाई सम्मान गरेको छ ।
म्यानले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उपराष्ट्रपति नन्द किशोर पुनबाट मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीलाई ‘वमन म्यानेजर रिकोनाईजेशन अवार्ड–२०१९ तथा राष्ट्रिय बाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठलाई ‘म्यानेजर अफ दी इयर अवार्ड’ बाट सम्मानित गरेको हो ।
बाणिज्य बैंकको पहिलो महिला सीईओ खुञ्जेलीलाई सफल रुपमा मेगा बैंक हाक्न सफल भएको भन्दै उक्त अवार्ड दिईएको हो ।बैंकिङ क्षेत्रमा २९ वर्षदेखि सक्रिय खुञ्जेली वाणिज्य बैंकहरुमध्येकै पहिलो महिला प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
त्यसै गरी बैंकिङ क्षेत्रमा तीन दशकभन्दा बढी विताईसकेका श्रेष्ठले पछिल्लो समय सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकलाई उत्कृष्ट बनाउन उल्लेखनीय भुमिका निर्वाह गरेका छन् ।