काठमाडौं, २१ चैत – बिहीवार लन्डनस्थित पार्लियामेन्ट स्क्वायरबाहिर नेपाली मूलका लगायत सैयौँ बर्मेलीहरूले म्यान्मारको सेनाले सर्वसाधारण जनताको हत्या गरेको भन्दै विरोध प्रदर्शन गरे।
लन्डनमा भेला भएका बर्मेलीहरूमा नेपाली भाषी बाहेक मुसलमान र अन्य समुदायका सदस्य पनि सम्मिलित थिए।
“हामी सबै बर्मामा सैनिक शासन अन्त्य होस्, हत्या हिंसा बन्द होस् र हाम्रा नेताहरूलाई रिहा गरियोस् भन्ने चाहन्छौँ,” गएको दुई वर्षदेखि आफ्ना श्रीमान् सहित ब्रिटेनमा बसोबास गर्दै आएकी पूजा पाण्डेले भनिन् ।
FACEBOOK COMMENTS