काठमाडौं – सरकारले यातायात व्यवसायीलाई मंसिर मसान्त सम्ममा कम्पनीमा जान दर्ता हुन भने पनि यातायात व्यवसायीको आग्रहमा ३ महिना थप समय दिएको छ ।
सरकारले फागुन मसान्तसम्ममा सबै व्यवसायीलाई कम्पनीमा जान समय दिने निर्णय गरेको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघको केन्द्रीय समिति बैठकले कम्पनीमा जान कम्पनी ऐनको केही दफा संशोधन हुनुपर्ने र समितिका सम्पत्ति स्वतः कम्पनीमा जानुपर्ने शर्त राख्दै कम्पनीमा जाने निर्णय गरेको थयो ।
सार्बसाधरणले सिन्डीकेटको कारण समस्या भोग्दै आएका छन् । सिन्डीकेट नहटे सम्म सर्वसाधरणलाई आउ जाउमा समस्या रहने छ ।
FACEBOOK COMMENTS