भक्तपुर, भाद्र १७ – भक्तपुरमा याभ नेपाल र टान्सफर्म नेपालकाे पहलमा प्रहरीलाई माक्स वितरण गरिएको छ ।
नेपाल प्रहरीका युनिटहरु महानगरीय प्रहरी वृत जगातीलाई ४०० पिस, कटुञ्जे प्रहरी प्रभागलाई २०० पिस, दधिकाेट प्रहरी प्रभागलाई २०० पिस, गुण्डु प्रहरी चाैकीलाई १०० पिस र सिरुटार प्रहरी चाैकीलाई १०० पिस गरि जम्मा १००० पिस सर्जिकल माक्स युवाका साथ साथ आवाज नेपाल र टान्सफर्म नेपालकाे संयुक्त पहलमा वितरण गरिएकाे याभ नेपालका सचिव श्रीकृष्ण थापाले जानकारी दिए ।
थापाले काेराेना भाईरस काेभिड १९ काे महामारीमा नेपाल सरकारबाट जारी गरिएकाे निषेधाज्ञालाई पुर्ण रुपमा पालन गराउने सिलसिलामा अग्रभागमा रहेर भक्तपुर जिल्लाकाे सुरक्षामा खटिदै आएका प्रहरीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सहयोग हस्तान्तरण गरिएको प्रस्ट समेत पारे ।
FACEBOOK COMMENTS