काठमाडौं, असोज १९ – युएइको अल फरदान एक्सचेन्ज र जिएमई रेमिटले दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहरकहरुको लागि आकर्षक उपहार योजना घोषणा गरेको छ । यस योजनामा हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहार प्रधान गरिनुकाे साथै ६ लाख सम्म बम्पर उपहार प्रदान गरिने रेमिटले जनाएकाे छ ।
यस योजनामा भाग लिनकाे लागि युएइको अल फार्डेन एक्सचेन्ज मार्फत जिएमई रेमिटबाट पैसा पठाउनु पर्नेछ । यो योजना नोभेम्भर १४ सम्म लागु हुनेछ ।
यस अवधिभरी युएइको अल फरदान एक्सचेन्ज मार्फत जिएमई रेमिटबाट पैसा पठाउने सम्पुर्ण सेवाग्राही यो उपहार योजनामा स्वत सहभागी हुनेछन् ।
FACEBOOK COMMENTS