काठमाडौँ, कार्तिक १८ – युनाइटेड अरब इमिरेट्स (युएई) का प्रधानमन्त्री शेख मोहम्मद बिन रसिद अल मख्तुमले मंगलबार कोभिड–१९ को खोप लिएका छन् । प्रधानमन्त्री शेख मोहम्मदले स्वास्थ्यकर्मीबाट खोप लिँदै गरेको तस्वीर ट्वीटर मार्फत सार्वजनिक गराएका थिए ।
उनले ट्वीटरमा युएईका प्रत्येक व्यक्तिको स्वास्थ्यलाई ध्यानमा राखेर कोभिड–१९ विरुद्धको खोप सबै नागरिकलाई उपलब्ध गराइने बताएका छन् । केही साताभित्रै युएईका कतिपय मन्त्रीहरुले पनि खोप लिइसकेका छन् ।
युएइले कोभिड–१९ का बिरामीको परिस्थिति बिचार गरी आपतकालीन प्रयोगका रुपमा खोप दिन थालेको जनाएको छ । तर कुन देश वा कम्पनीको खोप लगाइएको हो भन्ने स्पष्ट गरिएको छैन ।
FACEBOOK COMMENTS