काठमाण्डौं– सार्क चेम्बरका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले चीनको हंजाओ शहरमा भएको साउथ इष्ट एण्ड साउथ एसिया इन्भेष्टमेन्ट एण्ड टेड्र फेयर समिटमा बीआरआईलाई कसरी जोड्न सकिन्छ भन्नेमा छलफल भाग लिएका छन् ।
बीआरलाईलाई साउथ इष्ट एण्ड साउथ एसियाको विकासको लागि कसरी जोड्न सकिन्छ भन्ने विषयमा छलफल भएको ढकालले बताएका छन् ।
उक्त समिटमा सार्क राष्ट्रका प्रतिनिधी, युरोपियन युनियनका एम्बेस्डर लगाएत चिनियाँ सरकारी अधिकारहरु सहित ४०० लगानिकर्ताको उपस्थिति रहेको जनाएका छन् ।
टेड्र फेयरमा भाग लिदै सार्क उपाध्यक्ष ढकालले सार्क राष्ट्रलाई लगानीको थलो बनाउनु पर्दछ । सार्कको युथ फोर्सलाई उत्पादनको लागि प्रयोग गर्न सकिने जनाएका थिए ।
नेपाल उद्योग वाणिज्य महासंघको पूर्व अध्यक्षको रुपमा उनले मार्चमा नेपालले गर्न लागेको लगानी सम्मेलनमा भाग लिन आव्हान गरेका छन् ।
त्यस्तै २०२० लाई नेपालले भम्रण वर्षको रुपमा मनाउन लागेकाले समिटमा सहभागिहरुलाई नेपालको भ्रमण वर्ष सफल पार्न सहयोग गर्न भनेका थिए ।
उनले नेपालमा हाड्रो , पर्यटन, आधुनिक कृषी लगाएतको क्षेत्रमा लगानी गर्न बताएका छन् ।
FACEBOOK COMMENTS