काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर (आईपीओ) मा तेस्रो दिन ४.५६ गुणा बढी आवेदन परेको छ ।
कुल ६४ लाख ५० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सेयर गत बिहीबारदेखि निष्काशन गरिएकोमा निष्काशनको तेस्रो दिन साँझ ५ः२० बजेसम्म १८ लाख ३५ हजार ६५६ जना आवेदनबाट २ अर्ब ९४ करोड ६३ लाख ४९ हजार रकम बराबरको २ करोड ९४ लाख ६३ हजार ४९० कित्ता शेयरका लागि आवेदन परेको हो ।
आइपीओको निष्काशन तथा विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ । यो आइपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । यो आइपीओमा आवेदन दिने अन्तिम समय छिटोमा असार २८ गते भोलि सोमबारसम्म रहेको छ ।
FACEBOOK COMMENTS