काठमाडौं– युनिलिभर नेपालले गत आर्थिक वर्षमा एक अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्षको भन्दा कम्पनीको बिक्री बढेसँगै नाफा ६.७४ प्रतिशतले सुधार भएको हो।
युनिलिभरले अघिल्लो आर्थिक वर्षमा ९९ करोड ९२ लाख रुपैयाँ आर्जन गरेको थियो।
दोस्रो बजारमा समेत रहेको युनिलिभरको प्रतिशेयर आम्दानी ११५८ रुपैयाँ छ। कम्पनीले आफ्नो उत्पादन बिक्री गरेर ५ अर्ब ७५ करोड रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष कम्पनीको यस्तो आम्दानी जम्मा चार अर्ब ८६ करोड रुपैयाँ थियो।
कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ छ। जगेडा कोषमा एक अर्ब ८१ करोड रुपैयाँ जम्मा भएको छ। अघिल्लो वर्ष ७०० प्रतिशत नगद लाभांस दिए सँगै जगेडा कोष केहि खुम्चिएको हो। अघिल्लो वर्ष कम्पनीको जगेडा कोषमा दुई अर्ब २३ करोड रुपैयाँ थियो।
सर्वाधिक महँगो शेयर भएको कम्पनीको दोस्रो बजारमा गत वर्ष प्रतिकित्ता सबैभन्दा धेरै २१ हजार ११७ रुपैयाँमा कारोबार भयो भने सबैभन्दा सस्तो १८ हजार ५१७ रुपैयाँमा कारोबार भएको छ।
FACEBOOK COMMENTS