मदन तिमल्सेना/ तनहुँ, २० वैशाख- कोरोना भाइरसले संसारलाई त्रशित बनाईरहेको समयमा नेपालमा पनि लकडाउन लागु गरिएको छ । कोरोना भाईरसको औषधी पत्ता लागेको त छैन तैपनि कोरोना भाईरसको संक्रमणबाट बच्न साबुनपानीले हात धुनका लागि संसारभर चिकित्सकहरुले अपिल गरेका छन् । त्यसैकुरालाई मध्यनजर गर्दै नेपाल कम्युनिष्ट पार्टी सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल तथा अनेरास्ववियु तनहुँको आयोजनामा जिल्ला सदरमुकाम दमौलीको प्रशासन चोकमा कोरोना रोगबाट हुने संक्रमण रोक्नका लागी सावुन पानीले हात धोऔँ, कारोनावाट बचौँ भन्ने अभिप्राय स्वरुप पानीटंकी र हात धुने आवश्यक समाग्री राखेका छन् ।
कोराना रोगवाट वच्ने मुख्य आधार भनेको हात मिचिमिची धुने हो, त्यहि प्रयोजनका लागी राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू तनहुद्धारा जनचेतना र हात धुने वानी वसाल्ने अभिप्रायले हात धुनका लागि पानीटंकी र सावुन पानी राखिएका हो’ राष्ट्रिय युवा संघका जिल्ला अध्यक्ष ईश्वर वस्यालले भने । राष्ट्रिय युवा संघ तथा अनेरास्ववियू तनहुँले जनचेतनाका लागी विभिन्न कार्यक्रम गर्ने योजना अनुरुप यो कार्यक्रम गरेको अध्यक्ष वस्यालले बताएका छन् । दमौली बजारमा हात धुने सहज स्थान उपलव्ध होस भन्ने हेतुले यो कार्यक्रम गरिएको हो, अनेरास्ववियू तनहुँको अध्यक्ष डम्वर विक ले स्पस्ट पार्दै भनेका छन् । साथै जिल्लाका अन्य स्थानमा पनि पानी र साबुन राखिने उनीहरुको भनाई रहेको छ ।